काठमाण्डौं– सरकाले करका विषयमा देखिएका समस्याको अध्ययन् गरी समाधान निकाल्न एक उच्चस्तरीय समिति गठन गर्ने भएको छ।
संघ, प्रदेश स्थानीय तहले विभिन्न खाले नयाँ कर र करका दर बढाउँदा जनअसन्तुटि बढ्दै गएपछि अध्ययन गर्ने योजना बनाएको हो।
अर्थमन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानले आफ्नै संयोजकत्वमा यस्तो समिति बन्ने जानकारी दिएका हुन्।
नेपाल चेम्बर अफ कमर्शले राजधानीमा आयोजना गरेको संघीयता पछिको कर प्रणालीबारेको अन्तरकृयामा यस्तो बताएका हुन्।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले करको दर भन्दा पनि दायरा फराकिलो पार्नुपर्ने र त्यसले मात्रै हालको समस्या समाधान हुने बताए।
– नागरीक
FACEBOOK COMMENTS