काठमाण्डौं– अपी पावर कम्पनीले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षबाट सुरु गर्ने भएको छ ।
अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेड मार्फत नयाँ आयाजनाको निमार्ण गर्न लागेको हो ।
आयोजना निर्माणको लागी ७ अर्व ४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले दुई अर्व २२ करोड शेयरधनीको लगानी र बाँकी ५ अर्व १८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गरिनेछ ।
यो आयोजनाको निर्माण कार्य २०७६ मंसिर देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
यस भन्दा पहिले कम्पनीले ८.५ मे.वा.क्षमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दे आएको छ ।
साथै कम्पनीको अर्को आयोजना चैत मसान्त भित्र ८ मे.वा.क्षेमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुदैछ ।
FACEBOOK COMMENTS