काठमाडौं, भदौ ७ – कपिलवस्तुमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयका अनुसार कपिलवस्तु नगरपालिका ७ धम्कौली बस्ने सन्तोष शुक्लाका ८ वर्षीय छोरा मन्तोषको पानी तान्ने मोटर जडान भएको मेसिनमा खेल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेपछि उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएपनि उनको मृत्यु हुन पुगेको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS