काठमाण्डौँ — अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालका बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाहमा आक्रामक भएको भन्दै संयमता अपनाउन सुझाव दिएको छ ।
आर्टिकल फो अध्ययन प्रतिवेदनका लागि नेपाल आएको मुद्रा कोषको टोलीले नेपालको अर्थतन्त्रको अध्ययनपछि यस्तो निष्कर्ष निकालेको हो ।
‘पछिल्ला केही वर्षमा बढेको ऋण प्रवाहले आर्थिक वृद्धिमा सहयोग गरेको अध्ययनपछि टोलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
गेर्ट अल्मेकिन्डर्स नेतृत्वको टोलीले अर्थमन्त्री युवराज खतिवडा, गभर्नर चिरञ्जीवी नेपालसहित वरिष्ठ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको थियो ।
कात्तिकको मध्यसम्म अघिल्लो वर्षको तुलनामा ऋण प्रवाह २५ प्रतिशतले बढेको टोली नेता अल्मेकिन्डर्सले बताए ।
राष्ट्र बैंकको नियमअनुसार बैंकहरूले संकलन गरेको कुल निक्षेपको बढीमा ८० प्रतिशत मात्र ऋण प्रवाह गर्न पाउँछन् ।
टोलीले बैंक तथा वित्तीय संस्था ऋण प्रवाहमा आक्रामक हुँदा वित्तीय जोखिम आउन सक्ने भन्दै जोखिम कम गर्न पुँजी वृद्धि गर्न पनि सुझाव दिएको छ ।
—कान्तिपुर
FACEBOOK COMMENTS