काठमाण्डौँ — कर्णाली नदीमा करिब २ वर्षअघि बनाइएको तटबन्ध भत्किन थालेको छ ।
हुलाकी सडकमा रहेको कर्णाली पुलभन्दा करिब ५ सय मिटर तलतिरको तटबन्ध भत्किन थालेको हो ।
कर्णालीको पानी पश्चिमी भेगमा एकतर्फी आएपछि तारजालीले बनाइएको तटबन्ध भत्किएको टीकापुर नगरपालिका ८ का अध्यक्ष दीर्घ ठकुल्लाले बताए ।
तटबन्ध भासिने क्रम यही रूपमा रहे यो वर्षामा कर्णालीको पानी बस्ती पस्ने खतरा रहेको उनले बताए ।
बर्सेनि कर्णाली नदीको कटान र डुबान समस्या भएपछि रानी जमरा कुलरिया सिंचाइ आयोजनाले बस्ती बचाउन कर्णाली चिसापानीदेखि भारतको सिमानासम्म तटबन्धको काम गर्दै आएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS