काठमाण्डाै, माघ ८ – प्रतिनिधिसभा विघटनको विरोध गर्दै कर्णालीका सम्पूर्ण जिल्लाका वडा तहमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । बिहीबार देशैभर वडातहमा विरोध प्रदर्शन गर्ने केन्द्रीय समितिको निर्णयअनुसार विरोध प्रदर्शन गरिएको हो । जस अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मा र्याली सहित नेता कार्यकर्ता विरोधमा उत्रिएका छन् ।
वीरेन्द्रनगरको मंगलगढिचोकबाट सुरु भएको र्याली बजार परिक्रमा गरेर वीरेन्द्रचोकमा कोणसभामा परिणत भएको थियो । पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार वडा तहमा प्रदर्शन गरिएको वीरेन्द्रनगर नगरपालिका ६ का वडा सभापति मोतीप्रसाद कँडेलले बताए ।
सुर्खेत सहित कर्णालीका दैलेख, जाजरकोट, जुम्ला, हुम्ला लगायतका सम्पूर्ण जिल्लाका वडा तहमा विरोध प्रदर्शन गरिएको छ । यस अघि कांग्रेसले पुस १३ गते १ ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र, पुस २५ गते ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ५ गते सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिसकेको छ ।
FACEBOOK COMMENTS