काठमाडौं, जेठ २९ – कर्णाली प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ ।आज दिउँसो प्रदेश सभामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारले ल्याएको प्रि– बजेट माथिको छलफल पश्चात आज नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण लाई सुदृढ पार्दै स्वास्थ्य क्षेत्र केन्द्रित र कर्णालीको गरिवीलाई न्युनिकरण गर्न आधार सृजना गरिने खालको नीति तथा कार्यक्रम ल्याउन लागिएको बताइएको छ ।
वर्तमान अबस्थामा सृजित कोरोनालाई नियन्त्रण गर्नु प्रमुख दायित्व भएकाले यसलाई प्राथमिकतामा राखिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले जानकारी दिए । आज दिउँसो २ बजे बस्ने संसद बैठकमा कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
FACEBOOK COMMENTS