काठमाण्डौँ — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा शुक्रबारदेखि क्यान इन्फोटेक भइरहेको छ ।
यही फागुन २८ गतेसम्म सञ्चालन हुने क्यान इन्फोटेकको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले औपचारिक उद्घाटन गरेपछि स्टल स्थलको उद्घाटन नेपाली वैज्ञानिकहरूद्वारा निर्माण गरिएको रोबोर्टले रिबन काटेर गरेको थियो ।
कर्णाली प्रदेशमै पहिलो पटक रोबोर्ट ल्याइएको हो ।
मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरू डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
यस प्रदर्शनीमा कर्णाली प्रदेश भित्रका १० वटै जिल्लाको सहभागिता रहेकाले १ लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।
— कारोबार
FACEBOOK COMMENTS