सुर्खेत – कर्णाली प्रदेशमा लगानी गर्नेलाई कर र राजश्वमा छुट दिने प्रदेश सरकारले निर्णय गरेको छ ।
कर्णालीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी भित्र्याउन मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रका लगानीकर्ताहरुलाई १० वर्षसम्म कर र राजश्व छुट दिने निर्णय गरेको हो ।
प्रदेशको विकासका लागि ठूलो लगानी आवश्यक भएको र लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार तत्पर रहेकोले राज्यबाट संकलन गरिने कर र राजश्वमा निजी क्षेत्रलाई छुट दिने व्यवस्था मिलाइदिन केन्द्र सरकार र अर्थमन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
कर र राजश्वमा प्रदेश सरकारले नै छुट दिने प्रावधान छैन । सोही कारण प्रदेशको मन्त्रिपरिषद् बैठकले केन्द्र सरकारलार्इ व्यवस्था मिलाइदिन आग्रह गर्ने निर्णय गरेको हो ।
यदी केन्द्र सरकारले यो व्यवस्था मिलाइदिएको खण्डमा कर्णालीमा लगानी गर्नेहरूले १० वर्षसम्म एक रूपैयाँ कर र राजश्व तिर्नुपर्ने छैन् । त्यसपश्चात भने चल्तिको कर र राजश्व लिइने व्यवस्था मिलाइने छ ।
FACEBOOK COMMENTS