०१ असार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब एमबीबीएस अध्यापन सुरु हुने भएको छ ।चिकित्सा शिक्षा आयोगको गएको शुक्रबार बसेको बैठकले कर्णालीमा यो शैक्षिकसत्रमा २० विद्यार्थीले अध्यापन गर्न पाउने गरी सिट निर्धारण गरेको हो । चिकित्सा शिक्षा आयोगले सोमबार शैक्षिकसत्र ०७७र७८ का लागि स्नातक तहका विभिन्न विधामा अध्यापन गराउने ७६ वटा शिक्षण संस्थाका लागि कोटा निर्धारण गरेको हो ।
मेडिकल कलेजहरुको हकमा आयोगले यसपटक केही हेरफेर गरेको छ । एमबीबीएस अध्यापनका लागि महाराजगन्ज मेडिकल क्याम्पसहित १७ वटा संस्थानलाई एक हजार ८३५ जनाको कोटा निर्धारण गरिएको छ । स्थापनाको ४३ वर्षपछि महाराजगन्जले सबैभन्दा बढी अध्यापन सिट पाएको हो ।
यस्तै, बीडीएसमा महाराजगन्ज क्याम्पसलाई २५ सिट अध्यापन गराउन अनुमति दिइएको छ । त्यसैगरी, बीएस्सी नर्सिङका लागि एक हजार १००, बीपीएचका लागि एक हजार ४२०, बीएनएसका लागि एक हजार १९५, बीडीएसका लागि ५६५ र बी फार्मका लागि ९०२ जनाको कोटा निर्धारण गरिएको छ ।
FACEBOOK COMMENTS