काठमाडौं, ०५ कार्तिक (कर्पोरेट म्यागाजिनको सम्पादकमा सरोज ओझा नियुक्त भएका छन । नव नियुक्त सम्पादक ओझालाई कर्पोरेट ग्रुपले मंगलबार स्वागत गर्दै विधीवत रुपमा जिम्मेवारी सुम्पिएको हो । ओझालाई कर्पोरेट म्यागाजिनका सल्लाहकार तथा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कर्पोरेट ग्रुपका अध्यक्ष तथा युवा उद्यमी उज्वलजंग शाहले स्वागत गरे ।
कर्पोरेट म्यागाजिनलाई कर्पोरेट ग्रुपले प्रकाशन गर्दै आएको छ । कर्पोरेट खबर डटकम यसको अनलाईन संस्करण हो । विगत एक दशक देखी नियमित रुपमा प्रकाशन हुँदै आएको कर्पोरेट म्यागाजिन नेपालको कर्पोरेट जगतकै जेठो पत्रिका मानिन्छ ।
सम्पादक ओझाको संक्षिप्त परिचय
सम्पादक ओझाको जन्म वि स २०४१ साल आश्विन २१ गते तद्नुसार सन् १९८४ अक्टोबर ०७ तारिकका दिन तनहुँ जिल्लाको ब्यास नगरपालिका ५ साँगेमा भएको हो । त्रि।वि। बाट ब्यवस्थापन संकायमा बिबिएस तथा मानविकि संकाय अन्तर्गत एेच्छिक पत्रकारिता बिषय लिई अनिवार्य अङ्रेजीमा स्नातक डिग्री हासिल गरेका ओझा विगत १३ बर्ष देखी संचार कर्ममा सकृय रहदै आएका छन् । २०६५ बैशाख देखी नेपाल टेलिभिजनबाट प्रसारण प्रारम्भ भएको बाल आवाज कार्यक्रमबाट पत्रकारितामा होमिएका ओझाले हालसम्म आईपुग्दा बाल कार्यक्रम बाल आवाजका अलवा चेतनामुलक कार्यक्रम सचेतना र नेपाल मै पहिलो पटक कुकिङ रियालिटी शो कलेज सेफ आईकनको स्क्रिप्ट राईटर, प्रोग्राम प्रोड्युसर तथा डाईरेक्टर , अर्थ वाणिज्य बिशेष कार्यक्रम बिजनेस इन्फो एवम् आदर्श परिवार कार्यक्रमको प्रोग्राम प्रोड्युसर , प्रवासी नेपाली सम्बन्धी कार्यक्रम नमस्ते नेपाल तथा प्रवासीको सन्देशको प्रोग्राम को अर्डिनेटरको कार्यानुभब बटुलेका छन । ओझा एक सफल डकुमेन्ट्री मेकेर समेत हुन । हालसम्म उनले १० औं सार्क ब्यापार मेला, नेपालमा सुख्खा बन्दरगाहा, लुम्बिनी, गद्धी बैठक पुनर्निर्माण, सहुलियत बजार, हरियो झन्डा अभियान लगायत थुप्रै बृत्तचित्रमा स्क्रिप्ट लेखन तथा निर्देशन सम्बन्धी काम गरेका छन । उनी एक कुशल जीवनी लेखक पनि हुन । त्यस्तै उनले सन २०१९ मा नेपालको काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटलाई नेपाल स्थित १४ वटा स्याटलाईट टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने संयोजनकारी भूमिका निर्वाह गरेका थिए । त्यस्तै, ललितपुर महानगरपालिकाद्वारा प्रकाशित बुलेटिनको सम्पादकको जिम्मेवारी सम्हालेका ओझाले पछिल्लो समय राराटाईम्स डटकममा सम्पादक र न्युजलाईन्स पाक्षिकको प्रबन्ध सम्पादक रहेर कार्य गर्दै आएका थिए । उनले यस अघि घटना चक्र साप्ताहिकको बिशेष सम्पादक रहेर पनि काम गरेका थिए । ओझाका लेख रचनाहरु विभिन्न राष्ट्रिय दैनिक तथा जर्नलहरुमा समेत प्रकाशित हुँदै आएका छन् । ओझा नेपाल पत्रकार महासंघ, एशोसियट प्रदेश कमिटीका निर्वाचित सदस्य तथा ईभेन्ट एशोसियसन अफ नेपालका प्रवत्ता पनि हुन् । उनले इजिप्टमा सम्पन्न एमएसएन एक्सिलेन्स अवार्ड २०१९ मा संचार विधातर्फको अवार्ड समेत हासिल गरेका छन् ।
FACEBOOK COMMENTS