काठमाडौं– ‘कर्पोरेट विजनेश लिडरशिप मेमोरियल अवार्ड -२०२०’ नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष स्वर्गीय ईश्वर लाल श्रेष्ठमा समर्पण गरिएको छ । नेपालको कर्पोरेट ब्यापार क्षेत्रको प्रतिनिधीमुलक पहिलो पत्रिका कर्पोरेट म्यागाजिनको दशौं बार्षिकोत्सव समारोहमाझ कर्पोरेट मिडिया ग्रुपले उनलाई मरणोप्रान्त उक्त सम्मान अर्पण गरेको हो । पूर्व अध्यक्ष स्वर्गीय श्रेष्ठमा समर्पित उक्त सम्मान स्वर्गीय ईश्वर लाल श्रेष्ठ स्मृति प्रतिस्ठानका अध्यक्ष तथा सुपुत्र प्रदिपलाल श्रेष्ठ एवम् परिवारजनका सदस्यले ग्रहण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले उक्त सम्मान हस्तान्तरण गरेका थिए । श्रेष्ठले चेम्बर आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै कर्पोरेट मिडिया ग्रुपले उनलाई मरणोप्रान्त उक्त सम्मान अर्पण गरेको हो । भर्खर भर्खर जग हाल्दै वामे सर्दै गरेको अवस्थामा रहेको नेपालको ब्यवसायीक क्षेत्रलाई मार्गनिर्देश गर्दै कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण स्व. श्रेष्ठ आमब्यवसायी माझ निकै प्रिय छन् । उनलाई हक्की, निडर, विवेकशिल, इमान्दार र निष्ठावान ब्यवसायीका रुपमा स्मरण गर्ने गरिन्छ ।
स्मृतिमा ईश्वर लाल श्रेष्ठ (वि.स. १९८८ भाद्र २ -२०७१ कार्तिक १४) संक्षिप्त जीवनी
नेपालको उद्योग वाणिज्य क्षेत्रका एक नक्षत्र हुनुहुन्छ स्वर्गिय ईश्वर लाल श्रेष्ठ । उहांँको जन्म वि। सं। १९८८ साल भदौ २ गते राति काठमाडौंको ठहिंटीमा भएको थियो । बुवा हिरालाल श्रेष्ठ र आमा लक्ष्मी कुमारी श्रेष्ठको पहिलो सन्तानका रुपमा उहाँले यस धर्तीमा पाईला टेक्नुभएको थियो । ईश्वर लाल श्रेष्ठ सानैदेखि निकै चलाख र फुर्तिलो स्वभावको हुनुहुन्थ्यो । ईश्वर लाल श्रेष्ठको पारिवारिक पृष्ठभुमी सामाजिक रुपले सम्मानित र आर्थिक तबरले मजबुत स्थितिको थियो । तसर्थ पनि उहाँको बाल्यकाल सुखसयल पूर्वक नै बित्यो । सानै उमेर देखी फुटबल खेल प्रति रुचि राख्नुहुने ईश्वर लाल साथी भाई भने पछि हुरुक्कै हुनुहुन्थ्यो । तसर्थ पनि साथी भाईसँग जमघटमा रमाउने उहाँको स्वभाव थियो । त्यसो त उहाँले बालख काल देखी नै निकै पाको र परिपक्व ब्यवहार देखाउने गर्नुहुन्थ्यो । उहाँले किशोरवय अवस्थामा सरकारी जागिर खानु भएको थियो । जीवनमा केही गर्नुपर्छ भन्ने हुटहुटीले उहाँ समय क्रमसंगै ब्यापार ब्यवसायमा सकृय हुन थाल्नु भयो ।
नेपाल उद्योग बाणिज्य संघ ९ हालको महासंघ० स्थापना पश्चात् चेम्बर अभियानलाई अगाडि बढाउने कार्यमा उहाँको उल्लेखनीय योगदान रहेको छ । तत्कालीन श्री ५ को सरकार घरेलु तथा साना उद्योग विकास समितिको सञ्चालक पदमा समेत रहनुभएका श्रेष्ठ खाद्य उद्योग लिमिटेड, मोरङ सुगर मिल्स लिमिटेड, घरेलु हस्तकला उद्योग प्रा.लि. , साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा प्रबर्दित मेट्रो काठमाडौं ग्याँस इण्डष्ट्रिज लि. को अध्यक्ष पदमा कार्यरत हुनुहुन्थ्यो । साथै, उहाँ नेपाल बनस्पति घिउ उद्योग संघको अध्यक्ष तथा नेपाल समुद्रपार निकासी पैठारी संघको उपाध्यक्ष हुनुभयो । उहाँले नेपाल उद्योग व्यापारको क्षेत्रमा नेपाल निटिङ् इण्डष्ट्रिज प्रा.लि., सिद्धार्थ खाद्य उद्योग प्रा.लि., काठमाडौं प्लाष्टिक उद्योग प्रा.लि., व्यापार कर्पोरेशन, साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी तथा नेपाल उद्योग बाणिज्य महासंघ सञ्चालक एवं सदस्य रहि आफ्नो अमूल्य सहयोग तथा सुझाव प्रदान गर्नुभएको थियो ।
“नेपालको आर्थिक क्षेत्रमा क्रियाशील व्यक्ति र व्यवसायीहरुलाई एउटै छानामुनि उभ्याउने काम र देशको औद्योगिक विकासमा टेवा पु¥याउने कार्यमा माध्यम बन्नु भयो ईश्वरलाल श्रेष्ठ । आर्थिक विकासका लागि थालनी भएको उहाँकै देन र लगावका कारण नेपाल चेम्बर अफ कमर्शको जग दरिएर बस्यो । यस लगत्तै उद्योग बाणिज्य संघ लगायतका संस्थाहरुको स्थापना भयो ।”
श्रेष्ठ एक जमानामा मुलुकको समग्र चेम्बर आन्दोलनका एक प्रमुख हस्ति हुनुहुन्थ्यो । अर्थात भनौ, चेम्बर आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने एक जल्दा बल्दा अगुवा हुनुहुन्थ्यो ईश्वरलाल श्रेष्ठ । उद्योग तथा व्यापारको क्षेत्रमा लामो समयसम्म सकृय रहनु भएका ईश्वर लाल श्रेष्ठले विक्रम संवत् २०१९ सालदेखि चेम्बरका विभिन्न पदमा रहि कार्य गर्नुभएको थियो । २०१९ मा कार्यसमिति सदस्यमा चुनिएपछि अवैतनिक सचिव, कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्षको नेतृत्वदायी भूमिकालाई उहाँले अविस्मरणीय हुनेगरी त्यो अवधि कोशेढुङ्गा साबित गरिदिनुभयो । नेपालको आर्थिक क्षेत्रमा क्रियाशील व्यक्ति र व्यवसायीहरुलाई एउटै छानामुनि उभ्याउने काम र देशको औद्योगिक विकासमा टेवा पु¥याउने कार्यमा माध्यम बन्नु भयो ईश्वरलाल श्रेष्ठ । आर्थिक विकासका लागि थालनी भएको उहाँकै देन र लगावका कारण नेपाल चेम्बर अफ कमर्शको जग दरिएर बस्यो । यस लगत्तै उद्योग बाणिज्य संघ लगायतका संस्थाहरुको स्थापना भयो ।
देशको राजनीति २००७, २०३७, २०४६, २०६३ र २०६५ हुँदै गणतन्त्रसम्म आइपुग्दासम्म सयौं व्यापारिक संघ संस्थाहरु क्रियाशील छन् । देशमा यी संघ संस्थाहरुको माध्यमले गर्दा व्यवसाय गर्ने व्यवसायीहरुको हक हित र संरक्षण मात्र नभई यसले देशको आर्थिक विकासका लागि पनि सेतुको काम गरेको छ । यिनै संघ संस्थाहरुको दबाबका कारण राज्यमा विभिन्न ऐन कानुन तर्जुमा तथा निर्माण भएका छन् । हरेक काममा अगाडि बढ्नका लागि गहन अध्ययन र पहिले भएका विकासक्रमका पाइलाहरुलाई पछ्याउन उत्ति नै जरुरत छ । जस्तैः ईश्वरलाल श्रेष्ठले उठाएका भ्याटसम्बन्धी विषयहरु अहिलेको अवस्थामा घामजस्तै छर्लङ्ग भएका छन्। १० प्रतिशत भ्याट कायम गर्दा शिक्षा तथा अन्य क्षेत्रहरुलाई व्यवसायको अवस्था हेरि कायम गर्नुपर्ने भनी उहाँले अडान लिएका विषय थिए । तत्कालीन सरकारले सबैलाई एउटै टोकरीमा राखेर निर्णय ग¥यो । यसैको फलस्वरुप सरकारले सबै व्यवसायीहरुलाई भ्याटको दायरामा ल्याउन सकेन । त्यसैगरि, तीन कार्यकाल निवर्तमान अध्यक्षका हैसियतमा चेम्बरमा उहाँको भूमिका उल्लेखनीय रह्यो ।
ईश्वर लाल श्रेष्ठ सामाजिक चेतका धनी हुनुहुन्थ्यो । दिन दुखी र समस्यामा परेकाहरुलाई सहयोग गर्ने उहाँको बानी थियो । उहाँ सामाजिक सेवामा तल्लिन भएर लाग्नु भएको पाईन्छ । त्यस क्रममा उहाँले शैक्षिक जागरणका निम्ती खेल्नु भएको भूमिका, कुष्ठरोगीको सेवा र साल्ट ट्रेडिङ मार्फत जनतालाई अत्यावश्यकिय उपभोग्य बस्तु सर्वसुलभताका साथ उपलब्ध गराउने अभियानमा उहाँको निरन्तरको खटन प्रेरणादायी छ। त्यस्तै, घर व्यवहार सञ्चालनमा असल अभिभावकका रूपमा भूमिका निभाउनु भएका उहाँ परिवारका लागि सदैव मार्गदर्शक र प्रेरणाका स्रोत रहिरहनु भयो । आज पर्यन्त पनि उहाँ प्रति परिवारजनले दर्शाउदै आएको श्रद्धाभाव वास्तवमै उहाँ प्रतिको सबै भन्दा ठुलो सम्मान हो । जसलाई समाजले उच्च मुल्यांकन गर्दै आएको पाईन्छ ।
“टिपटप र स्मार्ट देखिन सुटेड बुटेड भएर हिंड्ने ईश्वर लालमा जोस, जाँगर र उत्साह जीवनभरका लागि सदाबहार रह्यो । उहाँले सानोतिनो बिमारलाई लुकाउनुभयो, निरन्तर काममा खटेर लगनशील, कर्तव्यनिष्ठ र इमानदार व्यक्तिको पहिचान बनाउनु भयो । त्यहीँ दौडधुप, खटार्इ, मिलनसारिता र व्यावहारिकताका कारण ईश्वरलाल श्रेष्ठ सफल व्यवसायीका अतिरिक्त सफल समाजसेवी, सफल अभिभावक र समग्रमा सफल मानिस बन्नुभयो ।”
टिपटप र स्मार्ट देखिन सुटेड बुटेड भएर हिंड्ने ईश्वर लालमा जोस, जाँगर र उत्साह जीवनभरका लागि सदाबहार रह्यो । उहाँले सानोतिनो बिमारलाई लुकाउनुभयो, निरन्तर काममा खटेर लगनशील, कर्तव्यनिष्ठ र इमानदार व्यक्तिको पहिचान बनाउनु भयो । त्यहीँ दौडधुप, खटार्इ, मिलनसारिता र व्यावहारिकताका कारण ईश्वरलाल श्रेष्ठ सफल व्यवसायीका अतिरिक्त सफल समाजसेवी, सफल अभिभावक र समग्रमा सफल मानिस बन्नुभयो । र जीवनको अन्तिम घडीसम्म उहाँ नथाकेरै जानुभयो । उद्योग तथा बाणिज्य क्षेत्रको प्रवद्र्धनको सिलसिलामा उहाँले अमेरिका, पूर्वी युरोप, दक्षिण पूर्व एशिया, आशियान तथा दक्षिण एशियाको भ्रमण गर्नुभएको थियो ।
यसरी नेपालको उद्योग वाणिज्य क्षेत्रमा अनवरत रुपमा खटिदै नेपालको चेम्बर आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएका श्रेष्ठले वि। स। २०७१ साल कार्तिक १४ गते यस धर्तीबाट सदाका लागि विदा लिनुभयो । यद्यपी उहाँंको लगनशील, कर्तव्यनिष्ठ र इमानदार व्यक्तित्वको छवी भने सदाका लागि चिरस्मरणिय रहिरहने नै छ ।
(SarojOjha8848@gmail.com)
FACEBOOK COMMENTS