काठमाडौं – चालु आर्थिक वर्षदेखि सरकारले राष्ट्रसेवक कर्मचारीको जीवन बीमा रकम बढाएको छ ।
सरकारले कर्मचारीको सावधिक जीवन बीमा बीमाङक वृद्धि गरी २ लाख रुपैयाँ पुर्याएको हो ।
गत आर्थिक वर्षमा सरकारले १ लाख रुपैयाँको मात्र जीवन बीमा गरेको थियो । चालु आर्थिक वर्षदेखि बढाएको हो । कर्मचारीको सुरक्षाका लागि केही वर्षयता सरकारले जीवन बीमा गर्दै आएको छ ।
यसमा आधा प्रिमियम रकम सरकार र बाँकी कर्मचारीले व्योहर्नुपर्ने व्यवस्था गरिएको छ ।
चालु आर्थिक वर्षदेखि सरकार र कर्मचारी संचय कोषले कर्मचारीको जीवन बीमा गर्ने भएका छन् । संचय कोषले ६ लाख संचयकर्तालाई स्वास्थ्य बीमा समेत गरिदिने भएको छ ।
कोषले आफनो आम्दानीबाट संचयकर्ताको स्वास्थ्य बीमा गर्न लागेको हो ।
FACEBOOK COMMENTS