काठमाडौं, मंसिर ५- निवर्तमान श्रम मन्त्री गोकर्ण बिष्ट सिंहदरबारबाट भाडाको ट्याक्सी चढेर निवास फर्किएका छन्।
श्रमिकका हितमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कर्मचारीलाई धन्यवाद दिँदै मन्त्री विष्ट सिंहदरबार गेटबाट ट्याक्सी चढेर निवास फर्किएका हुन् ।
बुधबार प्रधानमन्त्री ओलीले मन्त्री परिषद पुनर्गठन गरेसँगै मन्त्रीबाट बाहिरिएका विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर फर्किएका हुन् ।