उपभोक्ता संरक्षण एकिकरण तथा संमायोजन सम्बन्धी विधेयकमा उद्योग वाणिज्य मन्त्रालय र व्यवसायी बीच बृहत छलफल भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल आर्थीक पत्रकार समाजको सयुक्त आयोजना इको टकमा छलफल भएको हो ।
कार्यक्रममा व्यवसायीले उपभोक्त संरक्षण विधेयक एकतर्फी भएको आरोप लगाएका छन् । विधेयकले व्यवसायीको हितको विरुद्ध भएको जिकिर गरेका छन् ।
उद्योग बाणिज्य महासंघ प्रदेश तिनका अध्यक्ष दिनेश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै विधेयकमा धेरै त्रुटी भएको बतएका छन् ।
उनले विभिन्न शब्द तथा वाक्यहरु अस्पष्ट भएको बताएका छन् । धरौटी सम्बन्धी व्यवस्थामा पुनराबोलकन , क्षतिपुर्ती सम्बन्धी व्यवस्था खारेज हुनु पर्ने माग प्रस्तुत गरेका थिए ।
कार्यक्रमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसायी नाफा कमाउने उद्देश्य राखेका हुन्छन् जता बढी नाफा भयो तेतै जाने बताएका छन् । उनले उद्योग खेल्दा सरकारले केही सुविधा दिए मात्र नयाँ उद्योग खुल्ने बताए ।
उपाध्यक्ष उमेशलाल श्रेष्ठले अहिलेको विधेक जस्ताको तेस्तै पारित भए व्यवसायीहरु जेलबाट आन्दोलन गर्नु पर्ने अवस्था आउने बताएका छन् । उनले व्यवसायी जहिले चोर र कर्मचारी पानिमाथीको ओभानो भैरहेको हुँदा कर्मचारीले गल्ती गरे व्यवसायीले क्षतिपुर्ती पाउनु पर्ने बताएका छन् ।
अनुगमन वा गुणस्तर नाप जाँचमा कर्मचारीले गल्ती गरे व्यवसायीले क्षतिपुर्ती पाउनु पर्ने व्यवस्था हुनु पर्ने बताएका छन् ।
त्यसको जवाफमा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादबले व्यवसायीलाई उपभोक्ता भएर सोच्न सुझाएका छन् ।
आज सम्म बजारको सरकार त व्यवसायीनै थिए जे मन लाग्छ तेही गरेकै थिए । अब त्यस्तो हुँदैन गल्ती गर्नेलाई कार्वाहि हुन्छ ।
उनले व्यसायीलाई कानुन संग नडराउन आग्रह गरे । कानुन बनाउँदा विश्वमा प्रचलित नियम कानुन हेरेर हामीले बनाएकोले यो कानुन व्यवहारीक हुन्छ । यदी व्यवहारमा जाँदा जहाँ समस्या हुन्छ त्यही संसोधन हुने दाबी पनि गरे ।
कानुन हावाको तालमा नबन्ने बजारमा देखीएको समस्या समाधानगर्नको लागि कानुन बन्ने गरेको उनले बताए ।
FACEBOOK COMMENTS