काठमाडौं, मंसिर २८ – भारतमा रहेको प्रसिद्ध फोन निर्माता कम्पनी एप्पलका कामदारहरुले समयमै तलब नपाएपछि कम्पनीमा तोडफोड गरेका छन् । शनिबार उनीहरुले केहि महिनाअघि देखि तलब नपाएको झोकमा सवारीसाधनमा आगजनि र कम्पनीमा तोडफोड गरेको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार आक्रोसित श्रमिकहरुले नर्सापुरा स्थित वुस्ट्रन कर्पोरेशनमा तोडफोड गरेका हुन् । ताइवानमा मुख्य कायौलय रहेको उक्त कम्पनीले आईफोनको समेत निर्माता रहेको एप्पलका लागि विभिन्न पार्टपूर्जाहरु उत्पादन तथा जडान गर्ने काम गर्दै आएको छ ।
कम्तिमा २ हजार जना कामदारहरु समयमै तलब नपाएपछि आक्रोशित बनेका र उक्त कम्पनीमा आगजनीको समेत प्रयाग गर्दै तोडफोडमा उत्रिएका हुन् ।
स्थानिय प्रहरीले जनाए अनुसार उक्त घटनामा संलग्न ८० जना भन्दा बढीलाई पक्राउ गरिएको छ भने यो घटनाले सो कम्पनीको बाटो हुँदै आएको आपूर्ति व्यावस्थामा असर गरे नगरेकोबारे भने कुनै कुरा खुलाईएको छैन ।
FACEBOOK COMMENTS