काठमाण्डौँ — सरकारले कर्मचारी समायोजनका लागि बुधबार आवेदन खुला गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइनमार्फत् कर्मचारीले समायोजन आवेदन भर्न सक्ने व्यवस्था मिलाएको छ ।
फारम भर्न २१ दिनको समय दिइएको छ ।
कर्मचारीले मन्त्रालयको वेबसाइट समायोजन डट जिओभी डटकममार्फत फारम भर्न सक्नेछन् ।
मन्त्रालयले १ लाख ३८ हजार १ सय ७८ जना कर्मचारीको समायोजनका लागि बुधबार आवेदन खुला गरेको हो ।
त्यसअघि मन्त्रालयले पत्रकार सम्मेलन गरी अध्यादेशमा निजामती कर्मचारीले उठाएका विषयमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरेको थियो ।
समायोजनका लागि मन्त्रालयले चार वटा छुट्टाछुट्टै सूचना प्रकाशित गरेको छ ।
सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी पनि स्वीकृत गरेको छ ।
संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरिएको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका प्रमुख केदारप्रसाद पनेरुले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS