काठमाडौं– लक्ष्य अनुसारको राजस्व नपुगेपछि सरकारले राजस्व बक्यौता उठाउने कामलाई तिव्रता दिने भएको छ।
लामो समयसम्म कर बक्यौता राखेर बसेका करदाताले समयमा कर नतिरे सम्पति नै लिलाम गरी कर असुल गर्ने तयारी सरकारले गरेको हो।
कर नतिर्ने करदातालाई कानुनी प्रक्रिया अनुसार उनीहरूको सम्पत्ति रोक्का गरी जफत गर्ने समेतको रणनीति लिन लागेको अर्थ मन्त्रालयले बताएको छ ।
बक्यौक्ता कर राखेका करदाताले सरकारको काम कारवाहीमा नसघाए अर्थात कानुन अनुसार कर नतिरे सम्पत्ति लिलाम समेतको प्रक्रिया अघि बढ्ने अर्थ मन्त्रालयका सह–प्रवक्ता जनकराज शर्माले बताएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडा जसरी पनि लक्षित कर उठाउने तयारीमा छन्। सोही अनुरुप उनले राजस्व उठाउन दवाव दिइरहेका छन्। लक्षित राजस्व उठाउन उनले समय समयमा राजस्व उठाउने सबै मन्त्रालय तथा उनी मातहतका कार्यालयलाई दवाव समेत दिँदै आएका छन्। नागरिक दैनिक
FACEBOOK COMMENTS