काठमाण्डौँ — स्थानीय तहमा दर्ता एवं नवीकरण दस्तुर नबुझाउने प्याराग्लाइडिङ कम्पनीलाई पोखरा महानगरपालिकाले बन्देज लगाउने भएको छ ।
महानगरले आइतबारसम्म कर नबुझाएका कम्पनीको उडान बन्द गर्ने भएको हो ।
महानगरले सोमबार सराङकोट जाने बाटोमा पर्ने बागलुङ बसपार्क र पर्स्याङमा चेकपोस्ट राखेर दर्ता नवीकरण नगरेका कम्पनीलाई रोक्ने तयारी गरेको छ ।
पोखरामा सञ्चालन भएका ५४ मध्ये आइतबारसम्म ३६ कम्पनी मात्रै महानगरमा दर्ता छन् ।
बाँकी कम्पनीले सोमबारदेखि पोखराको सराङकोट, तोरीपानी र मान्द्रेढुंगाबाट उडान भर्न पाउने छैनन् ।
महानगरका प्रवक्ता धनबहादुर नेपालीले सुरक्षा निकाय र महानगर प्रहरीको सहकार्यमा चेकपोस्ट खडा गरेर जाँच गरिने बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS