काठमाडौं, वैशाख २० – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउने म्याद थप गर्न माग गरेको छ।
सोमबार विज्ञप्ति प्रकाशित गरी नाडाले लकडाउनका कारण आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको भन्दै म्याद थपको माग गरेको हो।अध्यक्ष कृष्णप्रसाद दुलालद्वार जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल सरकारले नयाँ भेरिएण्टको कोरोना बढ्दो क्रममा रहेको सन्दर्भमा आम जनताको सुरक्षाको लागि राजधानीमा निषेधाज्ञा लागू गरेकोले व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको र स्वास्थ रक्षाको दृष्ट्रिकोणले पनि व्यवसायीहरु आफ्नो कार्यालयमा जान सक्ने अवस्था पनि नरहेकोले यही २०७८ साल वैशाख महिनाको २५ गतेसम्म बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्थाका लागि सरकारसँँग हार्दिक अनुरोध गर्दछु।’
त्यसैगरी नेपालका सम्पूर्ण अटोमोवाइल व्यवसायीहरुले आफना अटोमोवाइल वर्कशपहरुमा रहेका अक्सिजन सिलिण्डरहरु अक्सिजन निर्माण उद्योगहरु मै बुझाइ महामारीमा सहयोग गरीदिनु पनि उनले आग्रह गरेका छन्।
FACEBOOK COMMENTS