काठमाडौं, कार्तिक २७- नेपाल चेम्बर अफ कमर्सले करको दरमा परिवर्तन गर्दै सरकारले कर वृद्धि गरेको भन्दै विरोध जनाएको छ ।नेपाल चेम्वर अफ कमर्सको आर्थिक ऐन २०७६ को प्रावधानमा गरिएको संशोधन प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने चेम्वरको धारणा रहेको छ ।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहना तथा व्यापारिक प्रयोजनका लागि ल्याइने सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल बढाएको थियो । उक्त करको विरोधमा चेम्वरले मंगलवार एक विज्ञप्ती जारी गर्दै राजपत्रको प्रावधान संशोधन प्रति विरोध जनाएको हो ।
चेम्बरले कपालमा प्रयोग हुने कस्मेटिक्स ,फलाम वा इस्पातको सरसफाइ सम्वन्धी सामान तथा कफीमा अन्तशुल्क वृद्धि गरेको भन्दै विरोध जनाएको छ भने कुखुरा पालन व्यवसायको लागि आवश्यक पर्ने फुलहरु तथा एक्रेलिक इमल्सनमा दिइएको छुट सकारात्मक रहेको जनाएको छ ।
यस वृद्धिले मालवस्तुको मूल्य वृद्धि हुन गइ उपभोक्तालाइ प्रत्यक्ष रुपमा नकारात्मक असर भइ महंगीको मारमा पर्ने चेम्वरको दाबी छ ।
FACEBOOK COMMENTS