काठमाण्डौँ — कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन शुरु भएको छ ।
यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिने जस्ता कुरा अध्ययनले टुङ्गो लगाउने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले बताए ।
चिनियाँ सरकारले नै निर्माण गर्ने झण्डै १२ किलोमिटर लामो उक्त सडक कोटेश्वर कलङ्की सडकजस्तै आठ लेनको हुने जनाइएको छ ।
सरकारले यो सडकको सात ठाउँमा आकाशे पुल निर्माण शुरु गरेको छ ।
सम्झौतामा उल्लेख भएअनुसार चिनियाँ निर्माण कम्पनीले निर्माण गरेको तीन पुल पर्याप्त नभएपछि सरकार आफैँले थप पुल निर्माण थालेको हो ।
विभागको वैदेशिक महाशाखालले सडक निर्माणको विस्तृत अध्ययन गरिरहेको छ ।
FACEBOOK COMMENTS