काठमाडौं– लामो समय जामहुनेगरेको कलङ्की अन्डरपास भदौ १ देखि संचालनमा आउने भएको छ ।
चिनियाँ सहयोगमा निर्माण भएको अन्डरपास शुक्रबारबाट सञ्चालनमा आउने भएको हो ।
सांसदको विकास समितिको बैठकमा बोल्दै सडक विभागका महानिर्देशक रबिन्द्र नाथ श्रेष्ठले अन्डरपास सुरु गर्ने जानकारी दिए ।
उनका अनुसार कलङ्की चोकमा अन्डरपास निर्माणको काम सम्पन्न भइसकेको छ ।
अन्डरपास सन्चालनमा आए सँगै सो क्षेत्रको सडक जाम कम हुने अपेक्षा गरिएको छ । ‘अन्डरपास’ चार लेन फराकिलो र ३८ मिटर लामो छ ।
FACEBOOK COMMENTS