काठमाडौं । कलाकार सागर लम्साल (बले) बूढानीलकण्ठबाट पक्राउ परेका छन् ।
उनीमाथि बलात्कार आरोप रहेको प्रहरीको भनाइ छ ।
उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् ।
एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीले सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन् । सामाजिक सञ्जालमा युवतीको पोष्टपछि उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई दबाब परेको थियो ।

