काठमाडौं, माघ २०- तीन महिनाअघि माइतिघर मण्डलामा एक हुल कालो कपडाधारी युवतीहरु जम्मा भए। उनीहरुले आँखामा पनि कालो पट्टी बाँधेका थिए । सडकमा बाजा बजाउँदै उनीहरुले चोरऔंला ठड्याउँदै भने, ‘तँ बलात्कारी होस्।’ उनीहरुले कलात्मक तरिकाले आफ्नो मत प्रस्तुत गरे। बलात्कारीलाई फाँसी दिनुभन्दा सानैदेखि यौन शिक्षामा ध्यान दिन सरकारलाई कलाकै माध्यमबाट सुझाए।
त्यही माइतिघर मण्डलामै नाटक मञ्चन भये, ‘प्रतिगमन।’ नाटकमा कसरी जनताले निरंकुश शासकको कुर्सी खुस्काए र फेरी कसरी अर्को आएर जनताको अधिकारमा प्रतिगमन गर्यो भन्ने विषय सम्प्रेषित थियो। यो क्रम चल्ने क्रममा केही दिनअघि मात्रै टेकु पचलीघाटको खरीको बोटमुनि शिल्पी थिएटरको टोलीले नै अर्को नाटक मञ्चन गर्यो र सहिद शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको क्षणको स्मरण गरायो। जसको यतिवेला विशेष अर्थ छ।
FACEBOOK COMMENTS