काठमाडौं । नेपालमा मोटरसाइकल विक्री गर्ने मूख्य कम्पनीहरुले नयाँ वर्ष अफर सार्वजनिक गरेका छन् । यसैबीच जापानी मोटरसाइकल निमार्ता कम्पनी होन्डाको नेपालको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले १ रुपैयाँमा मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको छ ।
कम्पनीको यो स्कीममा होन्डाको मोटरसाइकल तथा स्कुटर तत्काल डाउन पेमेन्ट गर्न पैसा नहुने ग्राहकले समेत मोटरसाइकल किन्न सक्नेछन् ।
यो योजनमा व्यवसाय गर्ने वा नियमित आम्दानी हुने जागिरेहरुका लागि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत मोटरसाइकल तथा स्कुट खरिद गर्दा ग्राहकले डाउनपेमेन्ट स्वरुप १ रुपैयाँ र किस्ता अवधिको इन्स्योरेन्स, नमासारी र सर्भिस चार्ज बराबरको मूल्य अग्रिम बुझाउनु पर्ने हुन्छ । जस्तै होन्डा साइन १२५ किन्दा ग्राहकले २२ हजार ९० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
यो स्कीममा व्यवसायिक कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिद गर्नका लागि ३ वर्षको कर चुक्ता प्रमाण पत्र सहित नाफामा गएको ब्यालेन्स सिट पेश गर्नु पर्ने हुन्छ ।
त्यसैगरी, मासिक तलब प्राप्त गर्ने कर्मचारीको हकमा भने पछिल्लो एक वर्षको बैंक स्टेटमेन्ट, सवारी चालकपत्रको प्रतिलिपि, ३ प्रति फोटो पेश गर्नु पर्नेछ । त्यसैगरी, जमानि बस्नेको काठमाडौंमा घर भएको हुन पर्नेछ । यसका लागि जमानिको धरको बिजुलीको वा धाराको बिल र नागरिकता पेश गर्नु पर्नेछ । यी डकुमेन्टका साथमा ग्राहकले मोटरसाइकलको मूल्य बराबरको पीडीसी ९पछिको मिति भएको चेक ० बुझाउनु पर्छ ।
यो योजनामा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १६ प्रतिशत ब्याज तिनु पर्ने हुन्छ । कम्पनीले तोकेको मितिमा नै सबै रकम चुक्ता गर्ने ग्राहकले १।५ प्रतिशत ब्याज छुट प्राप्त गर्न सक्नेछन् । यो योजना होन्डाको फाइनान्स सेवा उपलब्ध भएको नेपालभरको जुनसुकै शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस योजनामा ग्राहकले ५ हजार रुपैयाँ नगद छुटसमेत प्राप्त गर्नेछन् ।
FACEBOOK COMMENTS