काठमाडौं, पुस १ – नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान (Start-up Ideas Call) कार्यक्रम सुरु भएको छ।सरकार, वित्तीय संस्था र नीति क्षेत्र बीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान (Startup Idea Call) कार्यक्रम सुरु गरेका हुन्।
काठमाडौंमा बुधवार आयोजित समुद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समुद्घाटन गर्नु भयो।समुद्घाटन मन्तब्य राख्दै पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु हो भन्नु हुँदै उत्पादन, श्रम, पूँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताउनुभयो । नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने उहाँको भनाई थियो।
आयोजकका अनुसार २०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नविनतम प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को www.startupideacall.org वेबसाइट मार्फत नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंक मार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने छ । कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालले बागमती प्रदेशभित्र व्यवसाय गर्ने दुई सय युवाहरुलाई लगानी गरिने बताउनुभयो।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गर्नुभयो।
FACEBOOK COMMENTS