काठमाडौं, पुस १९ – शुक्रबारदेखि सुरु भएको बर्षा र हिमपात शनिबार पनि जारी रहने छ । आज पनि देशका अधिकाशं स्थानको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार हिउँ र पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले शनिबार शुक्रबारको तुलनामा कम हिउँ र पानी पर्ने मौसमविद्ले बताएका छन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने महाशाखाले पूर्वानुमान गरेको छ ।
मौसम प्रणाली कमजोर हुँदै गएर आज बेलुकीदेखि भने पानी पर्न रोकिनेछ । तर फेरि अर्को पश्चिमी वायु नेपाल आउने देखिएकाले अझै केही दिन देशभरीको मौसम पूर्ण रुपमा खुल्ने संभावना भने नदेखिएको मौसमविदको भनाई छ ।
FACEBOOK COMMENTS