काठमाडौं, माघ ४ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै गएकाले आजबाट मौसम विस्तारै खुल्दैं जाने मौसमविलदे बताएका छन् ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौं आसपास पहाडी क्षेत्रमा लागेको हुस्सु ९ बजेसम्ममा हटे पनि तराईमा लागेको हुस्सु हट्न समय लाग्ने मौसमविद्ले जनाएका छन् ।
यसैगरी, आज दिनभर आंशिक र सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख गरिएको छ । पहाडी र तराईका केही भूभागका थोरै स्थानमा मात्रै हल्का वर्षा हुने छ । भने उच्च पहाडी र हिमाली भेगमा केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, राति भने देशको पहाडी भूभागमा आंशिक र सामान्य बदली हुन सक्ने तथा तराईका केही भूभागमा आंशिक बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
FACEBOOK COMMENTS