-सरोज ओझा
काठमाडौं-कोरानाको कहरले सिंगो देश आक्रान्त छ । दुई साता देखी देशमा लागु भएको लगडाउनबाट आमजनताको दैनिकी प्रभावित बनेको छ । हाललाई आम उपभोक्त्ता एक त घर भित्रै बस्नुपर्ने वाध्यता र अर्को तर्फ अत्यावश्यकिय सामाग्रीको जोहो गर्नुपर्ने चिन्ता माझ दैनिकी गुजार्दै छन् । यस माझ ‘सर्वसाधारणको गर्जो टार्दै,भोकको त्रास मेटाउदै’ साल्ट ट्रेडिङले जनताको मन जित्दै आएको भेटिएको छ । कम मुल्यमा गुणस्तरिय वस्तुको बिक्री वितरण गर्दै आएको कर्पोरेशनले विगत देखी नै पर्याप्त मौज्दात राख्ने निती लिदै आएको थियो । जसको फलस्वरुप राष्ट्रलाई संकट परेको बेलामा कर्पोरेशनबाट सरकारलाई आड भरोसा मिल्नुका साथै आम सर्वसाधारण एवम् उपभोक्ताहरुले समेत चरम अभाव झेल्न नपर्ने वातावरण तयार हुँदै आएको छ । लकडाउनको यस जटिल अवस्थामा सेवा प्रदायिकताको उत्कृष्ट नमुना पेश गर्दै कर्पोरेशनले राष्ट्र र जनहितमा आफूलाई समर्पित गराएको छ । लगडाउनको समयमा मानिसहरु घर बाहिर निक्लदा उत्तिकै जोखिम छ । आम नागरिकलाई अत्यावश्यकिय खाद्यान्नको जोहो गर्नु पर्ने चिन्ता पनि उस्तै छ । यसै माझ लगडाउनको स्थितीलाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बजार उपस्थितीलाई अझ बढाएको छ । कर्पोरेशनले आम उपभोक्ताहरुको दैनिकीलाई सहज तुल्याउने उदेश्यका साथ आफ्नो बजार उपस्थिती बढाएको हो । बजार उपस्थिती बढाउदै गर्दा कर्पोरेशन ब्यवस्थापन पक्षले जनतालाई ढाडस मिल्ने गरि खाद्यान्न एवम् एलपी ग्यासको वितरणको चाँजोपाँजो पनि मिलाएको छ । कर्पोरेशनले वितरण प्रणालीलाई अझ प्रभावकारी तुल्याउदै यस बिषम परिस्थिती माझ बिक्री कक्ष संचालन गर्नुका साथै मोबाईल भ्यान मार्फत घरदैलो सेवा, स्थानिय निकायसँगको सहकार्य, डिलरलाई नियमित आपुर्ती लगायतका रणनितीहरु अबलम्बन गर्दै आएको छ ।
लकडाउनको यस जटिल अवस्थामा सेवा प्रदायिकताको उत्कृष्ट नमुना पेश गर्दै कर्पोरेशनले राष्ट्र र जनहितमा आफूलाई समर्पित गराएको छ । लगडाउनको समयमा मानिसहरु घर बाहिर निक्लदा उत्तिकै जोखिम छ । आम नागरिकलाई अत्यावश्यकिय खाद्यान्नको जोहो गर्नु पर्ने चिन्ता पनि उस्तै छ ।
लकडाउनको यस जटिल अवस्थामा सेवा प्रदायिकताको उत्कृष्ट नमुना पेश गर्दै कर्पोरेशनले राष्ट्र र जनहितमा आफूलाई समर्पित गराएको छ । लगडाउनको समयमा मानिसहरु घर बाहिर निक्लदा उत्तिकै जोखिम छ । आम नागरिकलाई अत्यावश्यकिय खाद्यान्नको जोहो गर्नु पर्ने चिन्ता पनि उस्तै छ । यसै माझ लगडाउनको स्थितीलाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बजार उपस्थितीलाई अझ बढाएको छ । कर्पोरेशनले आम उपभोक्ताहरुको दैनिकीलाई सहज तुल्याउने उदेश्यका साथ आफ्नो बजार उपस्थिती बढाएको हो । बजार उपस्थिती बढाउदै गर्दा कर्पोरेशन ब्यवस्थापन पक्षले जनतालाई ढाडस मिल्ने गरि खाद्यान्न एवम् एलपी ग्यासको वितरणको चाँजोपाँजो पनि मिलाएको छ । कर्पोरेशनले वितरण प्रणालीलाई अझ प्रभावकारी तुल्याउदै यस बिषम परिस्थिती माझ बिक्री कक्ष संचालन गर्नुका साथै मोबाईल भ्यान मार्फत घरदैलो सेवा, स्थानिय निकायसँगको सहकार्य, डिलरलाई नियमित आपुर्ती लगायतका रणनितीहरु अबलम्बन गर्दै आएको छ ।
यसै क्रममा हामीले लगडाउनको समयमा कर्पोरेशनले मोबाईल भ्यानबाट प्रवाह गरेको सेवा लिन पुगेका केही महानुभावहरुसँग सेवा प्रवाह र बजारको अवस्था बारेमा राय लिने प्रयास गरेका थियौ । जसमा अधिकांश उपभोक्त्ताहरुले कर्पोरेशनको बजार उपस्थितीका कारण खासै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् । घर टोलमा सामानको अभाव भएपछि फोन गरेर कर्पोरेशनबाट सामान ल्याईदिन आग्रह गरे लगत्तै कर्पोरेशनले घरआँगनमै ल्याएर सामान दिन थालेको भन्दै उनीहरुले कर्पोरेशनको तारिफ समेत गरेका छन् । ‘अब भने भोकभोकै बस्न पर्दैन भनेर ढुक्क भयौ’ घुम्ती भ्यानबाट खाद्य सामाग्री किन्दै गरेका पाटनका कृष्ण महर्जनले भने ।
त्यसो त कर्पोरेशनले खाद्य सामाग्रीको बिक्री वितरण कार्यलाई ब्यवस्थित गर्दै स्वास्थ्य सचेतनालाई समेत प्राथमिकता दिदै सामाजिक दुरी कायम राख्न आग्रह गर्ने तथा कोरोना सम्बन्धी सचेतनामुलक सन्देश पनि प्रवाह गर्दै आएको पाईयो । कर्पोरेशनको यस कदमलाई आम उपभोक्ताले उत्तिकै सर्हाएका पनि छन् ।
कार्य क्षेत्रमा खटिदै आएका कर्पोरेशनका कर्मचारीहरुले पनि यस परिस्थिती माझ विभिन्न स्थानहरुसम्म पुगेर जनताको सेवामा खटिदै आफ्नो कर्तब्यलाई पुरा गर्दै आएका छन् । ‘हामीले सामाग्रीको बिक्री वितरण गर्ने क्रममा सामाजिक दुरी कायम राख्नुस भनेका मात्रै छैनौ, त्यसलाई ब्यवस्थित गरेका पनि छौ । दैलो सामुन्ने नै सामान किन्न पाउँदा आम उपभोक्ताहरुको अनुहारमा खुशी झल्किएको प्रस्ट पाउछौ, यस्तो अवस्थामा उपभोक्ताको सेवामा खटिदै कर्तब्य पुरा गर्न पाएकामा मेरो पनि कुनै गुनासो छैन’ कार्य क्षेत्रमा खटिदै आएका कर्पोरेशनका कर्मचारी सन्तोष सिग्देलले भने ।
त्यसैगरि, कालिमाटि स्थित कर्पोरेशनको केन्द्रिय कार्यालय हाता भित्र संचालित बिक्री कक्षमा पनि आम उपभोक्ताको अोहोर दोहर खासै कम देखिन्न । यहाँको वितरण प्रणाली समेत उस्तै प्रभावकारी छ । बिशेषत: स्वास्थ्य सचेततालाई ध्यानमा राख्दै कर्पोरेशनले बिक्री प्रबन्धन मिलाएको छ । गत मंगलबार स्वयम्भुबाट सामाग्री किन्न आएका श्याम श्रेष्ठले कर्पोरेशनको सेवा प्रवाहको मुक्त कण्ठले प्रशंसा समेत गरे । उनले कर्पोरेशन ब्यवस्थापन प्रति कृतज्ञता ब्यक्त गर्दै भनेका छन् ‘साल्ट ट्रेडिङबाट आम सर्वसाधारणलाई निकै सजिलो भा’ छ, मलाई त यदि साल्ट ट्रेडिङ हुँदैनथ्यो भने हामीले भोकै बस्नु पर्थ्यो झै लाग्छ, त्यसैले कम्पनीका हाकिमलाई धन्यवाद दिन्छु, यहाँ त सामानको मुल्य पनि सस्तो छ, बाहिर त चाहेको सामान नै पाउँडैन, पायो भने पनि धेरै लिन्छ’ । उनले उत्साह र पिडा मिश्रित स्वरमा एकै साथ यस्तो भनाई राखेका थिए ।
यसै सन्दर्भमा हामीले कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठसँग हालको ब्यवस्थापन कस्तो छ भनेर सोधेका छौ । हाम्रो प्रश्नको जवाफमा उहाँले कर्पोरेशनसँग दश महिनाका लागि पुग्ने नुनको मौज्दात, दुई महिनाको बजार माग धान्न सक्ने चिनीको स्टक रहेको जानकारी दिनुहुँदै उपत्यका स्थित पाँच स्थानमा बिक्री कक्ष संचालनमा रहेको, ३ वटा मोबाइल भ्यान परिचालन गरिएको, चितवनमा खुद्रा पसल र देशैभरका कार्यालय र केही स्थानिय वडाहरुसँगको सहकार्यमा समेत अत्यावश्यकिय वस्तुको बिक्री वितरण हुँदै आएको जनाएकी छिन् ।
लगडाउन जारी रहदै गर्दा अब कतै खाद्यान्नको अभाव त हुँदैन भन्ने कुराको चिन्ता र चासो सर्वत्र देखिन्छ । यस माझ आखिर कर्पोरेशनले हाल के गरिरहेको छ, आपुर्तीका रणनिती कस्तो छ, अन्य चुनौतीहरु के के छन् त भन्ने बिषयमा आम चासो पनि बढेको छ । यसै सन्दर्भमा हामीले कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठसँग हालको ब्यवस्थापन कस्तो छ भनेर सोधेका छौ । हाम्रो प्रश्नको जवाफमा उहाँले कर्पोरेशनसँग दश महिनाका लागि पुग्ने नुनको मौज्दात, दुई महिनाको बजार माग धान्न सक्ने चिनीको स्टक रहेको जानकारी दिनुहुँदै उपत्यका स्थित पाँच स्थानमा बिक्री कक्ष संचालनमा रहेको, ३ वटा मोबाइल भ्यान परिचालन गरिएको, चितवनमा खुद्रा पसल र देशैभरका कार्यालय र केही स्थानिय वडाहरुसँगको सहकार्यमा समेत अत्यावश्यकिय वस्तुको बिक्री वितरण हुँदै आएको जनाएकी छिन् । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कर्पोरेशनले मोबाईल भ्यान मार्फत नुन, चिनी, आटा, मैदा, चामल, सेनिटाईजर लगायतका अत्यावश्यकिय सामाग्रीहरु बिक्री गर्ने गरेको उल्लेख गर्नुहुँदै मुल्यका हिसाबले पनि तुलनात्मक रुपमा सस्तो रहेको उल्लेख गरिन। कर्पोरेशनसँग अन्य सामाग्रीका तुलनामा नुन र चिनीको माग अत्याधिक रहेको जानकारी दिदै नुनको खुद्रा मुल्य प्रति केजी २० रुपैया र चिनी प्रति केजी ७३ रुपैया रहेको पनि उनले स्पस्ट पारिन् ।
त्यसै गरि कर्पोरेशनका नायब महाप्रबन्धक तथा प्रवत्ता कुमार राजभण्डारीले कर्पोरेशनसँग करिब १लाख ६४ जार हजार मेट्रिक टन नुन र ४५ जार हजार मेट्रिक टन चिनी मौजुद रहेको, आयात समेत भईरहेकोले बजारमा नुन, चिनीको अभाव नहुने औल्याएका छन् । नायब महाप्रबन्धक राजभण्डारीले कर्पोरेशनसँग नुन, चिनी, दाल, चामल, तेल जस्ता अत्यावश्यकिय खाद्य सामाग्रीको पर्याप्त मौज्दात रहेको जानकारी दिदै अभाव हुन्छ कि भनेर उपभोक्ताले आत्तिनुपर्ने स्थिती नरहेको उल्लेख गरे । साथै, उनले एसटिसी ग्यासको कुनै अभाव नरहेको बताउदै डिलरहरुलाई नियमित ग्यास सिलिण्डर वितरण गरिएको र अामसर्वसाधारणले कर्पोरेशनको कालिमाटि, सतुङल् र जडिबुटी स्थित आउटलेटबाट सरकारको निर्देशन अनुसार ७. १ केजी तौलयुक्त ग्यास खरिद गर्न सक्ने समेत स्पस्ट पारे ।
त्यसो त राष्ट्रिय उपाभोक्त्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले यस समयमा मात्र नभई जस्तो सुकै बिषम परिस्थितीमा पनि साल्ट ट्रेडिङले देशभर नुनका साथै चिनी अन्य खाद्य सामाग्री र ग्यासको बिक्री वितरणलाई अत्यन्तै ब्यवस्थित तुल्याउदै आएको आफूले पाएको बताए । साथै, देशैभरबाट मंचका संजालबाट प्राप्त जानकारी अनुसार लगडाउनको समयमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट प्रवाह हुँदै आएको सेवाबाट उपभोक्ताले राहत महशुस गरेको खुलाशा समेत गरे । उनले सरकार र उपभोक्ताको हित अनुकुल काम गर्दै आएको भन्दै कर्पोरेशनको ब्यवस्थापन पक्षको खुलेर प्रशंसा गर्दै भने – ‘यस्तो जनमुखी कार्यक्रमहरुलाई देशैभर पुर्याउन सरकारले कर्पोरेशनलाई पूर्ण साथ देअोस् भन्ने आग्रह गर्छु, साल्ट ट्रेडिङले यो सरकार र उपभोक्ता दुवैलाई गुन लगाएको छ । अझ वास्तवमै भन्ने हो भने कर्पोरेशनको सिईअो उर्मिला श्रेष्ठको दुरदर्शिता र क्षमताका कारण यो समयमा जनताले खान पाइरहेको छ र खासै समस्या आउन पाएन भन्छु म त’ ।
उपभोक्ता अधिकारकर्मी महर्जनले कर्पोरेशनले अप्ठयारोको बावजुद पनि सधैं सरकारको निर्देशनलाई परिपालना गर्दै सरकारको सहयोगी र आम उपभोक्तावर्गको हितमा काम गर्दै आएको र अघि पछि पनि उच्च मुल्य ब्रिद्धी र कालोबजारी नियन्त्रणमा कर्पोरेशनले महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्हाना समेत गरे ।
त्यसै गरि हाम्रो अर्को प्रश्नमा कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जवाफ दिने क्रममा केही संचारमाध्यममा आउने अफवाहले गर्दा कर्पोरेशनले सास्ती ब्यहोर्नु परेको गुनासो पोख्नुका साथै, वाणिज्य मन्त्रालय वाहेकका अन्य मन्त्रालयहरुले कर्पोरेशनको समस्यालाई खासै चासो नदिने गरेको बोध गरेको आशय झल्काईन ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालको जटिल परिस्थितीको गाम्भिर्यतालाई मनन गर्दै कोही कसैले पनि भिडभाड नगर्न आग्रह गर्दै आफूलाई आवश्यक पर्ने अत्यावश्यक सामाग्रीको लागि कर्पोरेशनलाई खबर गरेको अवस्थामा घर टोलसम्म पुर्याउने जिम्मेवारी साल्ट ट्रेडिङले पुरा गर्ने कुरा समेत राखिन् ।
कर्पोरेशन ब्यवस्थापनले आम नागरिकको सुविधा र स्वास्थ्य दुवै पक्षलाई ध्यानमा राख्दै सेवा प्रवाह गर्दै आएको छ । कुशल ब्यवस्थापकको रुपमा प्रसिद्धी कमाउन सफल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको कार्यकौशलता र सिंगो साल्ट ट्रेडिङ परिवारमा रहेको टिम स्प्रिटको भावना तारिफ योग्य मात्र होईन वास्तवमै मुक्तकण्ठले प्रशंसा गर्न लायकको देखिन्छ । जुन हामी आम नेपालीहरुका लागि गर्व गर्न लायकको बिषय पनि हो ।देशमा स्वास्थ्य संकट चुलिरहदा सरकारले बेलैमा स्वास्थ्य सामाग्रीहरु जुटाउन नसकेको र नेपाल भित्र्याएको सामाग्री समेत कमसल र अत्याधिक महँगो देखिएको भन्दै सरकारको ब्यापक आलोचना भईरहेको यस घडीमा सरकारको आँशिक स्वामित्वको साल्ट ट्रेडिङले भने जनताको मन जित्दै अघि बढिरहेको छ । अर्को तर्फ मिसावट, कालोबजारी र अस्वभाविक मुल्य ब्रिद्धी गर्दै बजारमा अराजकता भित्र्याउनेहरुले समाजमा दुर्गन्ध फैलाई रहँदा साल्ट ट्रेडिङले भने हिलोमा फूलेको कमल जस्तै सुवास छरिरहेको छ । तर पनि सरकारकै कारण साल्ट ट्रेडिङले भने सास्ती खेप्दै आईरहेको छ ।
साल्ट ट्रेडिङका सकस र मुकदर्शक सरकार
अहोरात्र जनताको सेवामा खटिदै आएको साल्ट ट्रेडिङले भने सरकारबाट आवश्यक सहयोग पाउनुको सट्टा उल्टो आहात महशुस गर्दै आएको देखिन्छ । मुख्यत: २०७२ सालमा गएको भुकम्प पस्चात् साल्ट ट्रेडिङले सरकारको निर्णय अनुसार ५० करोड बढि खर्चेर ५० हजार बण्डल जस्तापाता खरिद गरेको थियो । र सोको खरिद प्रयोजन सरकारले बिद्यालय, स्वास्थ्य चौकी आदीको पुनर्निमाण गर्ने शर्त अनुरुप भएको थियो । सोही शर्तनामा अनुरुप इमानमा बस्दै कर्पोरेशनले ॠणमा जस्तापाता त ल्यायो तर सरकारबाट भुक्तानु नपाउँदै अर्को सरकार गठन भयो । कर्पोरेशनले पैसा देउ, सामान लैजाउ भनिरहयो तर त्यसपछि बनेका कुनै पनि सरकारले टेर पुच्छर लगाएनन् । र हालको सरकारले पनि कानमा तेल हाल्दै सुनेको नसुने जस्तो गर्दैछ ।कर्पोरेशनले ब्यर्थैमा ब्याज मात्र तिरिरहनु परेको छ ।
त्यस्तै जापान सरकारले अनुदानमा दिएको रकमलाई सरकारी सेयरमा परिणत गर्ने उस्तै प्रपंच रच्दै कर्पोरेशनलाई धरासायी बनाउनेसम्मको खेलमा सरकारमा सामेलहरु नै गोटी बनेको यस अघि नै जनता सामु अाइसकेको छ । सरकारमा सामेलहरु नै जनस्वास्थ्य जस्तो गम्भिर बिषयको वस्तु नुनको एकाधिकार तोड्ने कसरतमा जुटने, उखु किसानलाई भुक्तानी नदिई चिनीको बिक्रीमा मनपरीतन्त्र गर्दै लुट मच्चाउन उद्यत कालाबजारीयालाई काखी च्याप्ने जस्ता कमिशनखोर गतिविधीमा संलग्न रहेको प्रस्ट देखिन्छ ।
त्यस्तै जापान सरकारले अनुदानमा दिएको रकमलाई सरकारी सेयरमा परिणत गर्ने उस्तै प्रपंच रच्दै कर्पोरेशनलाई धरासायी बनाउनेसम्मको खेलमा सरकारमा सामेलहरु नै गोटी बनेको यस अघि नै जनता सामु अाइसकेको छ । सरकारमा सामेलहरु नै जनस्वास्थ्य जस्तो गम्भिर बिषयको वस्तु नुनको एकाधिकार तोड्ने कसरतमा जुटने, उखु किसानलाई भुक्तानी नदिई चिनीको बिक्रीमा मनपरीतन्त्र गर्दै लुट मच्चाउन उद्यत कालाबजारीयालाई काखी च्याप्ने जस्ता कमिशनखोर गतिविधीमा संलग्न रहेको प्रस्ट देखिन्छ । अर्कोतर्फ, केबल २१ प्रतिशत सरकारी सेयर रहेकोको संस्थानको प्रमुख पनि राजनीतिक नियुक्तीबाट नै गरौ भन्दै गिद्धेनजर लाउनेसम्मको काम पनि भयो ।
विचौलियाको ताण्डवमा सामेल हुँदै रमिता देखाउदै आउने केही जिम्मेवार भनाऊदाहरु कर्पोरेशन भित्र राजनीति घुसाउन नसकेपछि भने आफै निच्च पर्नुपर्यो । यसरी कर्पोरेशनको साथ दिनुको सट्टा उल्टै हुर्मत लिदै जाने हो भने सरकारी स्वामित्वका संस्थानहरुले हिजो जसरी धरासायी बन्नुपर्यो उसैगरि साल्ट ट्रेडिङ पनि धरासायी नबन्ला भन्न सकिन्न । स्मरण रहोस् कर्पोरेशनमा निजी क्षेत्रको ७८ प्रतिशत भन्दा बढि सेयर लगानी छ ।
विचौलियाको ताण्डवमा सामेल हुँदै रमिता देखाउदै आउने केही जिम्मेवार भनाऊदाहरु कर्पोरेशन भित्र राजनीति घुसाउन नसकेपछि भने आफै निच्च पर्नुपर्यो । यसरी कर्पोरेशनको साथ दिनुको सट्टा उल्टै हुर्मत लिदै जाने हो भने सरकारी स्वामित्वका संस्थानहरुले हिजो जसरी धरासायी बन्नुपर्यो उसैगरि साल्ट ट्रेडिङ पनि धरासायी नबन्ला भन्न सकिन्न । स्मरण रहोस् कर्पोरेशनमा निजी क्षेत्रको ७८ प्रतिशत भन्दा बढि सेयर लगानी छ । र त्यहि कारणबाट नै कर्पोरेशनले आफ्नो बजार उपस्थितीलाई गर्विलो बनाउन सकेको हो । मुख्यत: कर्पोरेशनसँग अनुभवी र निस्ठावान ब्यवसायीहरु र ब्यवस्थापकहरुको निरन्तरको साथ रहयो । जसलाई सरकार मात्र होईन आम नागरिकले पनि विश्वास गर्ने गरेको पाईन्छ । कर्पोरेशनका पूर्व जिएम हेम बहादुर मल्ल हुन वा हालकी सिईअो उर्मिला श्रेष्ठ यि दुवै कुशल प्रशासकहरुको छत्रछायाबाट अघि बढदै गर्दा कर्पोरेशनले जनताको सेवामा आफूलाई हरतरहले उभ्याईरहे । तर सरकारमा आउनेहरु च्याखे थाप्दै यो र उ भन्दै शर्त लगाउदै कर्पोरेशनलाई ‘भाडमा जाअोस’ भन्नेसम्मको ब्यवहार देखाए । जब जब सरकारलाई अप्ठयारो पर्छ, साल्ट ट्रेडिङको सहयोग विना सरकार चल्न गार्हो पर्छ अथवा भनौ सत्ता हल्लिने अवस्था अाइपर्छ अनि मात्रै सरकारले साल्ट ट्रेडिङलाई सम्झन्छ । हामी त एकै हो, कर्पोरेशन त संस्थान हो । दायित्व पनि निभाउनु पर्छ, यो उ भन्दै सरकारका अधिकारी, मन्त्रीहरु धेरैले फकाउछन । अनि भुंग्रोमा पर्छ बढि निजी क्षेत्रको लगानी रहेको साल्ट ट्रेडिङ । ब्यापारिक प्रतिस्ठानले आफ्नो फाईदा पनि हेर्नुपर्छ । कम्पनी धरासायी भयो भने निजी क्षेत्रको लगानी पनि त डुब्छ । आखिर कसलाई आफ्नो लगानी डुबाउन मन होला र । कोही बाबुबाजेको ईतिहास छ, कोही सरकारी स्वामित्वको संस्थानमा इज्जत छ, कोही आँफैले काम गरेको कार्यालय हो भन्ने लगायतका कारणले सेयर होल्ड गरिरहेका छन् । यद्यपी यो सरकार भने उनीहरुको अधिकारलाई कुण्ठित पारेको छ, संचालक समितीले लिएको बोनस बाडने निर्णयलाई रोकेर । यो सरकारको निरिहता शिवाय केही होइन । सरकारले सधैं निर्देशन मात्र दिने त पक्कै होईन होला नि, त्यसको असर के होला भन्ने पनि त सोच्नुपर्दैन र राज्य संचालन गर्छु भन्ने बुज्रुकहरुले । साल्ट ट्रेडिङले भुकम्प, नाकाबन्दी हुँदै अहिलेको लगडाउनको स्थितीमा राज्यलाई दिदै आएको साथ त बोध हुनुपर्ने हो, चाडबाडका बखतमा संचालन गर्दै आएको सहुलियत बजार र उसको बजार उपस्थितीले सिर्जना गरेको सहज वातावरणका बारेमा त ख्याल हुनुपर्ने हो । बजार मुल्य नियन्त्रण र कालोबजारी निरुत्साहन गर्न कर्पोरेशनको भूमिका बारे त पक्कै जानकारी हुनुपर्ने हो । अझ भन्ने हो भने कम मुल्यमा गुणस्तरिय वस्तुको बिक्री गर्दै आएको कर्पोरेशनको नाफा दर कति होला, थोरै तलमाथि हुँदा पनि जनस्तर, अन्य प्रतिस्पर्धी, माफिया आदीको घेराबन्दी, संचार माध्यमको भनाई र आग्रह कति टाल्नुपर्छ देश चलाउनेले पक्कै हेक्का राख्नुपर्ला कि । बजार कसरी चलेको छ र सरकारलाई अप्ठयारोमा पनि साहारा दिने कर्पोरेशनको हविगत के छ, त्यसको लेखाजोखा राख्न नसक्नेले साथ सहयोग मात्र खोजेर त पक्कै नहोला । किनकी एक हातले त ताली पनि कहाँ बज्छ र ? लगडाउनमा गर्विलो बजार उपस्थितीका साथ सरकारको नाक जोगाउदै गर्दा सरकारले साल्ट ट्रेडिङको अस्तित्वलाई जोगाई राख्न ठोस निर्णय लिन्छ वा लिदैन त्यो भने हेर्न नै बाँकी छ ।
FACEBOOK COMMENTS