काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति पूर्णबहादुर खड्काले पार्टीका नवनिर्वाचित सांसदहरूलाई डाकेर बधाई दिएका छन् ।
महाराजगन्जस्थित एक होटलमा कार्यक्रम गरी खड्का र नेता शेखर कोइरालायतले उनीहरूलाई बधाई दिएका हुन् । कार्यक्रममा विमलेन्द्र निधि, प्रकाशमान सिंह, बलबहादुर केसी, राष्ट्रियसभा सदस्य खम्म खाती, जितजंग पनि सहभागी छन् ।
कार्यक्रममा देउवानिकट नेता र सांसद पनि पुगेका सहभागी उर्मिला थपलियाले बताइन् ।
कांग्रेस संस्थापन गगन थापा समूहले नवनिर्वाचित सांसदलाई यसअघि नै बधाई र प्रशिक्षण दिइसकेको छ ।
सोमबारको कार्यक्रमले पार्टीभित्र समानान्तर गतिविधि सुरु भएको संकेत दिएको छ ।

FACEBOOK COMMENTS