काठमाडौं, ५ फागुन –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध भइरहेको आन्दोलनको समीक्षा र आगामी महाधिवेशनका विषयमा छलफल हुनेछ ।
बैठकमा फागुन ७ गतेदेखि पार्टीको १४ औं निर्धारित माहाधिवेशन हुन नसक्ने भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
कांग्रेसले १४ औं महाधिवेशनको मिति शुक्रबार १४ औं महाधिवेशनको उदघाटन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर कोभिड १९ महामारीका कारण त्यसो हुन सकेन । यस्तै देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद यही फागुन १९ गतेसम्म मात्रै भएकाले पनि म्याद थपका विषयमा समेत बैठकमा छलफल हुनेछ ।
FACEBOOK COMMENTS