काठमाडौं,साउन ५ – कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ ।
गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिए ।
आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा राखिएको छ ।
साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । खोलामा शौचलाय गर्न गएको बेला पहिरो खस्दा उनको निधन भएको बताइएको छ ।
FACEBOOK COMMENTS