काठमाडौं, भदौ १६ – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।
सञ्चार विज्ञ बाँस्तोलाले भने,’मेयर साबलाई कुनै लक्षण छैन तर, अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ । आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान उहाँले आग्रह गर्नुभएको छ ।’
कोरोनासँग मिल्दो लक्षण देखिएपछि शनिबार शाक्य ग्रान्डी अस्पतालमा परीक्षणका लागि पुगेका उनमा सोमबार कोरोना पुष्टि भएको हो ।
FACEBOOK COMMENTS