काठमाडौं, जेठ २९ – काठमाडौँको बसुन्धारामा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं महानगरपालिका–३ बसुन्धारमा बा ३४ प १७५२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्दिा चालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार शुक्रबार राति भएको दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका–२२ घर भई हाल काठमाडौँ मनमैजु बस्ने ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS