काठमाडौं, जेठ ४ – काठमाडौं उपत्यकामा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या ३९ हजार २४५ पुगेको हो । हालसम्म यी तीन जिल्लामा संक्रमित २ लाख १३ हजार ५६ जना रहेकामा सक्रिय संक्रमित ३९ हजार बढी रहेको हो । संक्रमितमध्ये १७९१ जनाको मृत्यु भएको छ । अन्य संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंमा २०४९ जना संक्रमित थपिएका छन् । जसमा भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जना संक्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS