काठमाण्डौँ – काठमाडौँ महानगरपालिकाले भित्री शहरका सडकमा इँटा वा ढुङ्गा छाप्ने भएको छ ।
सडक मर्मत र सुधारका क्रममा कालोपत्रेभन्दा इँटा र ढुङ्गा छाप्ने कार्यलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।
भित्री शहरमा सवारीको चाप अत्यधिक भएको स्थानबाहेक अन्यत्र कालोपत्रे नगरिने महानगरपालिकाका पुरातत्व महाशाखाका प्रमुख इञ्जिनीयर राम थापाले बताए ।
उनले विश्व सम्पदा क्षेत्र आसपासका सडकमा मौलिक स्वरुपमा निर्माण गर्न लागिको बताए ।
FACEBOOK COMMENTS