काठमाडौं, साउन २४ – काठमाडौं महानगरपालिका वडा नं ५ अन्तरगत हाँडीगाउँ कोटाल टोलमा अर्को सूचना जारी नहुनजेलसम्मको लागि सिल गरिएको छ । राजधनीमा फैलिदै गएको कोरोना संक्रमितमध्ये हाँडीगाउँ कोटाल टोलमा मात्रै ११ जना देखिएपछि सिल गरिएको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत एक प्रहरी र उनका परिवारलाई कोरोना संक्रमण देखिएपछि वडाले कोटाल टोलका स्थानीयहरुको कोरोना संक्रमण परिक्षण गरेको वडा नं ५ का वडा अध्यक्ष रमेश डंगोलले जानकारी दिए । उक्त परिक्षणमा कोटाल टोलका ११ जना स्थानीयमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि टोल नै सिल गरेको वडा अध्यक्ष डंगोलले बताए ।
FACEBOOK COMMENTS