काठमाडौं, २९ माघ – उपत्यकाको तीन ठाउँमा आजबाट वाटर एटिएम शुरु भएको छ । काठमाडौंको शंखधर पार्क, बालाजु र स्वयम्भुमा उक्त सेवा सुरु भएको हो ।
वाटर एटिएम मार्फत् गिलाससहित २ रुपैयाँमा २०० मिलिलिटर गिलासबाहेक १ रुपैयाँमा २०० मिलिलिटर पानी पिउन पाइने भएको छ ।
साथै ५ रुपैयाँमा १ लिटरको बोतलमा १ बोतल शुद्ध पिउने पानी प्राप्त गर्न सकिने छ ।
FACEBOOK COMMENTS