काठमाडौं,मंसिर २० – काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ । बिहीबार विहान न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम शुक्रबार बिहान ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यो तापक्रम यस वर्षकै कम तापक्रम हो । राति काठमाडौंको मौसम सफा भएकाले शुक्रबार बिहानको तापक्रम घटेको हो ।सामान्यतया राति आकाश खुल्ला हुँदा बिहानको तापक्रम घट्छ भने बादल लागे तापक्रम बढ्छ ।
आइतबार ५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको तापक्रम शुक्रबार फेरि घटेको हो । शुक्रबार दिउँसोको तापक्रम भने १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।
FACEBOOK COMMENTS