काठमाडौं, साउन ११ – काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
यस्तै आइतबार थप १३० जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको हो । मुलुकभर सक्रिय संक्रमित ५ हजार ४ सय ४० जना रहेका छन्।
FACEBOOK COMMENTS