काठमाण्डौँ — काठमाडौंमा यही मंसिर १५ र १६ गते राष्ट्रिय लघुवित्त सम्मेलन हुने भएको छ ।
स्वावलम्बन विकास केन्द्रको आयोजनामा हुन लागेको दुईदिने दोस्रो राष्ट्रिय लघुवित्त सम्मेलनमा लघुवित्त क्षेत्रमा देखिएका विभिन्न विकृतिबारे छलफल हुने भएको हो ।
नेपालमा लघुवित्त सुरु भएको तीन दशक पुगेको उपलक्ष्यमा देशभरका लघुवित्त सदस्यलाई एक साथ भेला गराउने उद्देश्य रहेको आयोजकको दाबी छ ।
लघुवित्तबाट धेरै फाइदा हुने भएपछि पछिल्लो समय लघुवित्त खोल्ने लहर चलेको र लघुवित्तमा विकृति भित्रिएकाले त्यसलाई निराकरण गर्न सम्मेलन गर्न लागिएको स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताए ।
सम्मेलनमा सहभागी हुने ७० संस्थामध्ये ३६ लघुवित्त वित्तीय संस्था, विकास बैंक बनेका १२ संस्था, विकास बैंक बन्ने प्रयासमा रहेका १२ संस्था, ५ वाणिज्य बैंक, ३ विकास बैंक र २ वित्त कम्पनी रहेको जनाइएको छ ।
FACEBOOK COMMENTS