काठमाडौं, फागुन १२-सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागतमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको विजयी र्याली सुरु भएको छ ।काठमाडौंको शान्तिवाटिकामा बुधबार(आज ) दिउँसो १२ बजेदेखि विजय र्याली सुरु भएको हो ।
विजय र्यालीमा समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समूह आन्दोलनमा उत्रिएको थियो ।मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सो समूहले खुसीयाली मनाइरहेको छ ।
उता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समिति बैठक सुरु भएको हो ।
मंगलबार सर्वोच्च अदालतले संसद पुनः स्थापनाको फैसला गरेपछि ओलीले स्थायी समिति बैठक बोलाएका हुन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् ।
FACEBOOK COMMENTS