काठमाडौं, चैत ७ – काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
चीनको तिब्बत केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले हल्लाएपछि मानिसहरुले सामाजिक सञ्जालमार्फत धक्का महसुस गरेको बताएका छन् ।
नेपालमा यसको धक्का काठमाडौँ.ंसहितका क्षेत्रमा पनि महसुस गरिएको हो ।
FACEBOOK COMMENTS