काठमाडौं । आज शुक्रबार देशभर कोरोना भाइरसका २ हजार ९३६ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ५४१ जनासहित बागमती प्रदेशमा ७४० जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ३४३ जना, ललितपुरमा १३६ जना र भक्तपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै शुक्रबार बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा १९, चितवनमा ५७, दोलखामा ९, धादिङमा ७, नुवाकोटमा ३५, मकवानपुरमा ४९, रसुवामा ४, रामेछापमा ७ जना, सिन्धुपाल्चोकमा ८ र सिन्धुलीमा ४ जना संक्रमित थपिएका छन् ।
यो पनि पढ्नुहोस्
कोरोनाको तेस्रो लहर सुरु भएको डब्लुएचओको दाबी
FACEBOOK COMMENTS