काठमाण्डौँ — स्थानीय निकायले फोहोर ढुवानी गर्दा वार्षिक करिब १० करोड रुपियाँ खर्च हुने गरेको छ ।
त्यसमध्ये सबैभन्दा बढी लागत काठमाडौं महानगरपालिकाको लाग्ने गरेको छ ।
महानगरपालिकाले मात्रै वार्षिक करिब ५ करोड रुपियाँ खर्च गर्ने गरेको छ ।
कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले ढुवानीमा मात्र वार्षिक करिब ५ करोड रुपियाँ खर्च हुने गरेको जानकारी दिए ।
फोहोर ढुवानीमा ललितपुर महानगरपालिकाले वार्षिक ९५ लाख रुपियाँ खर्चिने गरेको छ ।
— नेपाल समाचारपत्र
FACEBOOK COMMENTS