काठमाडौं, वैशाख १३ – उपत्यकाका तीन जिल्लामा बिहिबार राती १२ बजेदेखि निषेधाज्ञा हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गते बिहिबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको हो । स्रोतले भन्यो, ‘उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने निर्णय भएको छ । निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने छ । निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ ।’
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमितिको सक्रिय सङ्ख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिनको लागि सिफारिस गरेको थियो। ठुला शहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो।
FACEBOOK COMMENTS