काठमाडौं, जेठ ६ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार २३२ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर २१ हजार ६९५ जनाको आरटी–पीसीआर र ३९२ जनाको एन्टिजेन परीक्षणबाट ८,३०५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६४५ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १९० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ३ लाख ६६ हजार ९४६ जना पुगेको छ । यो कुल संक्रमितको ७५.१ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २८ लाख ५५ हजार ७९३ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ लाख १५ हजार ८५२ जना आइसोलेसन र ९३२ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS