काठमाडौं, साउन ३१ – काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ९८ जना सङ्क्रमित थपिएका छन् । यो पछिल्लो ५ दिनमा सबैभन्दा कम सङ्क्रमित हो । यसअघि लगातार पाँच दिनसम्म काठमाडौं उपत्यकामा एक सय जनाभन्दा बढी सङ्क्रमित फेला पर्दै आएकोमा शनिबार ९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ८०, ललितपुर र भक्तपुरमा ९/९ जना गरी उपत्यकामा ९८ जना सङ्क्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS