काठमाडौं, मंसिर ९ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ४ हजार ६८२ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमडौंमा मात्र ८४ हजार ५१७ जना संक्रमित भएका छन्, जसमध्ये ३३१ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७६ हजार ४४२ छ।